Rashtriya Dainik

नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधिसभा क्षेत्र नं. २ द्वारा अनुशिक्षण कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी ,११ चैत

पश्चिम नवलपरासीको परासी स्थिति बि.पि स्मृति भवनमा अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति प्रतिनिधिसभा क्षेत्र नं. २ काे अायाेजनामा कार्यसमिति सभापति माधव कुमार पाण्डेयकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलकाे प्रमुख अातिथ्यतामा अनुशिक्षण कार्यक्रम गरिएको हाे।

अनुशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य कण्डेलले निर्वाचनमा नेपाली कांग्रेशको विधान अनुसार उम्मेदार खडा गर्न उल्लेख गर्नु भएको थियोे । नेपाली जनता र देशको पार्टी नेपाली काङ्ग्रेस मात्रै भएकोले काङ्ग्रेसका  विभिन्न तह र तप्काका सम्पुर्ण नेता कार्यकर्ताहरुले एकताबद्ध तरिकाले अघि बढ्न पर्ने बताउनु भयो । काङ्ग्रेस पार्टीले जहिले पनि मुलुकका हितका लागी काम गर्दै आएकोले हरेक समस्या र अफ्ट्यारो परिस्थितिमा काङ्ग्रेस सडकमा आएर लड्ने गरेको बताउनुभयो ।निवार्चन जित्नकाे लागि अहिलेदेखि संगठन विस्तारमा लाग्न अनुरोध समेत गर्नुभएको थियोे ।

त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले हाल अकान्छी रहेका सबै उम्मेदवार रहेकोले एकढिक्का भई काङ्ग्रेस बलियो बनाउन तिर लाग्न अनुरोध गर्दै टिकट जसले पाउछ उसलाई जिताउन हामी सबै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला उपसभापति बिक्रम यादव , वरिष्ठ जिल्ला सदस्य माेहन प्रसाद शर्मा लगाएतले अाफ्नाे बिचार धारणा राख्नुभएको नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति प्रतिनिधिसभा क्षेत्र नं. २ सचिव भरत पाैडेलले जानकारी दिनुभएको हाे।

अनुशिक्षण कार्यक्रमपछि क्षेत्रीय कार्यसमितिका सबै कार्यसमिति सदस्य लगाएत महाधिवेशन प्रतिनिधिहरुलाई क्षेत्र नं. २ भित्र पर्ने वडामा घर घर जाँउ कांग्रेस जिताऔं अभियान सन्चालनका लागि निर्देशन समेत प्रदान गरिएको हाे।

अनुशिक्षण कार्यक्रमकाे सहजिकरण नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य कुसुमराज ज्ञवालीले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित