वीरगंज १० चैत ।
भारतको कलकतामा आयोजना हुन लागेको सार्क राष्ट्र कराते प्रतियोगितामा भाग लिन गइरहेका कराते खेलाडीहरुलाई आज वीरगंजमा सम्मान सहित बिदाई गरिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १० कबड हल घडिअर्वामा आयोजित कार्यक्रममा वीरगंजबाट प्रतियोगितामा भाग लिन जान लागेका २० जना खेलाडिहरुलाई वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी र नेकपा एमालेका युवा नेता अजय कुमार गुप्ताले खादा, अबरि टीका र माला लगाई बिदाइ गर्नु भएको हो ।
सो अवसरमा युवा नेता गुप्ताले खेलाडिहरुलाई आर्थिक सहयोग समेत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै मेयर सरावगी र नेता गुप्ताले वीरगंजका खेलाडिहरु प्रतियोगितामा विजयी हुने पुर्ण आशा र विश्वास लिदै वीरगंज तथा देशकै नाम चिनाउन सफल हुने बताएका थिए । करोत गुरु राजकुमारको नेतृत्वमा भारतको कलकतामा आयोजना हुन लागेको सो प्रतियोगिता भाग लिन खेलाडिहरु गएको गुप्ताले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

