प्रतियोगिता हुने
तुलसीराम पौडेल —
सियारी, चैत १०
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा शनिबारदेखि ९ औ फर्साटिकर कप संचालन हुने भएको छ।सो कुरा क्लबले बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो।
फर्साटिकर कपको मुख्य प्रायोजक ट्राइगर ब्रुअरी रहेको र शुद्दोधन गाउपालिकाको सहयोग रहने क्लबका अध्यक्ष मुकेश कुवरले बताए ।फर्साटिकर कपमा रुपन्देही ,नवलपरासी ,पाल्पा ,चितवन लगायतका जिल्लाहरुबाट सहभागी हुने भएका छन् ।प्रतियोगितामा १२ ओटा टिमले भाग लिनेछ्न । चैत १२ गतेदेखि संचालन हुने फर्साटिकर कप चैत २६ गते समापन हुनेछ ।प्रतियोगिताको प्रथम पुरस्कार २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ,कप ,मेडल ,प्रमाणपत्र रहेको छ। त्यसै गरि दोस्रो पुरस्कार १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ ,कप ,मेडल प्रमाणपत्र रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

