Rashtriya Dainik

लागु औषध तथा दुर्व्यसन न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सुरु

विनोद निगम/ नवलपरासी/ १० चैत ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा लागू औषध तथा दुर्व्यसन एवम मानव बेचविखन तथा ओसापसार न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम ४ न. वार्ड कार्यालयको सभाहल ठूलो खैरेटवाबाट सुरु भएको छ।

प्रतापपुर गाउँपालिकाको आयोजना तथा जना कल्याण सिप प्रशिक्षण केन्द्र नवलपरासीको सहजीकरणमा गाउँपालिकामा बढ्दो लागू औषधलाई नियन्त्रण तथा न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ।

जन कल्याण सिप प्रशिक्षण केन्द्र नवलपरासीको कार्यक्रम संयोजक रंजीत शर्माको अध्यक्षता तथा प्रतापपुर गाउँपालिकाका वार्ड नं ०४ का वार्ड अध्यक्ष जन्त्री प्रसाद बरईको प्रमूख अतिथिकतामा सुरु भएको छ।

कार्यक्रममा ४ न. वार्ड सचिव फुलचन विन ,यूवा अभियन्ता राहुल गुप्ता,पत्रकार विनोद निगम,आदित्य प्रजापति लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम तीन चरणमा गरिने सहजीकरण संस्थाका कार्यक्रम सह-संयोजक इमरान अलिले जानकारी दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित