Rashtriya Dainik

चैनपुरमा ४० बर्षिय चाैधरीकाे मृत्यु

उत्तमकुमार थापा बझाङ
सदरमुकाम चैनपुरमा श्रम गरिखाने एक जना चाैधरीकाे मृत्यु भएको छ।
कैलाली जिल्ला भजनी नगरपालिका डाेङपुर घर भएका बर्ष ४० का राम बहादुर चाैधरीकाे सदरमुकाम चैनपुरमा मृत्यु भएको हाे ।

चाैधरी विगत केही समय देखि बझाङ सदरमुकामा काम गर्दै आउनु भएको उहाँ निकट स्राेतले बताए । चाैगाउ टाेलका विरबहादु बाेहराकाे घरमा बस्दै आउनु भएका चाैधरीले अत्याधुनिक मदिरा सेवन गरेका थिए । चाैधरीले मदिरा सेवन गरि राति १० बजे सुतेको र विहान उठालदा नउठे पछि उहाँको साथिहरुले प्रहरी लाई खवर गरेकाे थियाे ।
भाडामा बस्दै आउनु भएको उहाँ आफ्नै काेठामा मृत अवस्थामा फेला परेका हुन । उहाँ लगाएत ४ जना बस्ने गरेका थिय । अहिले प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित