पुरन अधिकारी , पश्चिम नवलपरासी
स्वदेशमा नै रोजगारी गरौ ,बैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना र सीप सिकेर मात्र जाअौ भन्ने स्लोगनलाई अात्मसाथ गर्दै नेपालका उन्नचालिस जिल्लाहरुमा हाल सामी परियोजना संचालित छ।
बैदेशिक रोजगारीले निमत्याउने समस्याहरुको न्युनिकरण गर्ने हेतुले सीप, सहि सुचना,कानुनी सहजिकरण,वित्तीय तथा मनोपरामर्श गरि पाँच क्षेत्रलाई अाफ्नो दायरामा राखि संचालित यो परियोजना स्वीससरकार र नेपालसरकारको द्दिपक्षिय सम्झौतानुसार संचालित छ भने यसलाई प्राविधिक क्षेत्रमा हेल्भेटास नेपालले हातेमालो गर्दै अगाडि बढेको छ।जिल्लाका सदरमुकामहरुमा प्रशासन कार्यलय सङ्गै सुचना केन्द्र (MRC)स्थापना गरि पासपोर्ट बनाउने चरण देखि नै बैदेशिक रोजगारीलाई मर्यादित बनाउनका लागि अावश्यक सुचना प्रदान गर्ने यस परियोजना स्थानीय सरकारसङ्ग पनि प्रत्यक्ष सरोकार राख्दै हाल बोर्डबाट बैदेशिक रोजगारीका विभिन्न घटनाहरुमा पिडितपक्षले अार्थिक सहयोग प्राप्तिका लागि स्थानीय सरकारको समेत भुमिका उल्लेखनीय साबित गर्दै मातहतका रोजगार संयोजकहरुले समेत यसमा अहम भुमिका खेल्दै अाइरहेका छन।
बिदेश जाने सम्भावना , गएर फर्केका र पुन:जान सक्ने एवं बिदेशमा भएकाहरुको परिवारका लागि बैदेशिक रोजगार सम्बन्धि नयाँ ऐन कानुन, ई पासपोर्ट ,कोरोना विरुद्धको खोपको क्युअारकोड ,बैदेशिक रोजगारीका डिमान्ड सहि वा गलत छुट्टाउन लट न. हेर्ने प्रक्रिया ,अनलाइन श्रम ,सहि मेनपावरको छनोट ,बिदेशमा भएका परिवारको सदस्यको नेपालमा कागजात राख्नु पर्ने कारण ,बैदेशिक रोजगार सम्बन्धि sms र apps बाट लिन सक्ने सुविधा ,नि:शुल्क सीप लगायतका बिषय बस्तुलाई समेटेर सामुदायिक स्तरिय अभिमुखिकरण कार्यक्रम सेवा प्रदायक संस्था इन्द्रेणी सामाजिक विकास मञ्च एवं सुनवल नगरपालिकाको अायोजनामा सुनवल -६ तिलकानामा सम्पन्न भएको छ।
वडा सदस्य भिमा कँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलकाना टोल विकास समितिका अध्यक्ष कृष्ण बहादुर थापा ,तिलकाना अामा समुहकी अध्यक्ष इन्द्र कुमारी रोक्का ,आप्रवासी परिवार हकहित मञ्च सुनवलका अध्यक्ष एव नवलपरासी सेवा समाज युएई का नेपाल प्रतिनिधि युवराज पुन मगर ,स्थानीय पत्रकार विण्णु रोक्का लगायत स्थानीयहरुको उपस्थिति रहेको थियोे ।
सामी परियोजनाका परामर्शकर्ता रमा अाले र आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीका अध्यक्ष एवं सामी परियोजनाका रिट्रनि स्वयम सेवक रामु भुषालले सहजिकरण गर्नुभएको सो कार्यक्रमको संचालन रिट्रनि स्वयम् सेवक पूर्ण चन्द्र अधिकारीले गर्नुभएको थियोे ।

कार्यक्रममा वक्ताहरूले बैदेशिक रोजगारीले कुनै घर या टोल अछुतो नरहेको र यसले अार्थिक उन्नति सङ्ग -सङ्गै सामाजिक विकृति समेत ल्याउने हुदा सजगता अपनाउनु पर्ने र नेपाल सरकारले यसलाई वडा स्तरबाटै मुल्यांकन ,निगरानी र तथ्याङ्किकरण गर्दै सोही अनुरुप सीप तालिम र पुनर्उत्थानका लागि भरपर्दो कार्यक्रमको नीति निमार्ण समेत जोड दिदै उपस्थित स्थानीयहरुले स्थानीय चुनावमा मत माग्न अाउने भावि जनप्रतिनिधिहरुलाई समेत यो कुरामा झक्क – झक्काई सचेत गराउनु पर्ने जानकारी गराएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

