तुलसीराम पौडेल —
सियारी, चैत ९
रुपन्देहीको सियारी गाउँपालिका -४ पब्लिक नमुना माविको खेलमैदानमा सियारी खेलकुद विकास समितिद्वारा संचालित श्याम शर्मा स्मृति क्रीकेट प्रतियोगिता मंगलवार समापन भएको छ।
प्रतियोगितामा सियारी -५ स्थित ध्रुवतारा शान्ती क्लबले उपाधी हासिल गर्न सफल भएको छ । त्यसै गरि शिवज्योती सामाजिक केन्द्र सियारी -४ उपविजेता भएको छ।विजेताले नगद ३० हजार रुपैया मेडल प्रमाणपत्र प्राप्त गरेका थिए भने उप विजेताले नगद २० हजार ,मेडल प्रमाणपत्र प्राप्त गरेका थिए ।
पहिलो ब्याटिङ गर्दै ध्रुवतारा शान्ति क्लबले ९ विकेट गुमाएर २११ रन बनाउन सफल भयो।टिमका लागि ब्याटिङ गर्दै कृष्ण पोखरेलले ३७ रन ,दिल बहादुर खत्रीले ३१ रन र बिजय तिवारी ५० रनको योगदान दिए ।शिवज्योतिका बलर सन्देश शिलवालले ५ विकेट ,प्रतीक क्षेत्रीले २ विकेट र बिमल चालिसेले २ विकेट लिन सफल भए ।
२१२ रनको लक्ष्य पछ्याउने क्रममा शिवज्योती सामाजिक केन्द्रले सबै विकेट गुमाएर ३३ रन मात्र बनाउन सफल भयो ।शिवज्योती सामाजिक केन्द्र १७८ रनबाट पराजित हुन परो।
समापन कार्यक्रम सियारी खेलकुद विकास समितिका संयोजक प्रकाश रेग्मीको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, गाउँ पालिका उपाध्यक्ष अमृता गुरुङको एवं प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा सियारी क्रीकेट खेल प्रशिक्षक घनश्याम थारु, क्रीकेट खेल संयोजक बुद्धि बहादुर सिलवाल , पब्लिक नमुना माविका प्रधानाध्यापक डिलाराम खनाल लगायतको आतिथ्यता रहेको थियोे ।कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख सुधीर पौडेलले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

