महेश सिंह सिरहा लहान ९ चैत – लहान नगरपालिका १५ बानाे खोलामा पुल निर्माणको लागी मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव द्वारा शिलयानास भएको छ। नेपाली काङ्ग्रेसको चर्ची नेताहरुको उपस्थितिमा पुलको सुलयानास भएको छ। लहान १५ का वाडा अध्यक्ष तेज नारायण चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा राम सरोज यादव रहनु भएको थियो।
अतिथिहरुमा नेपाली काङ्ग्रेसका जिल्ला उप-सभापति सुनिल महताे सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति महेश प्रसाद चाैधरी,लहान नगरसभापति रासलाल राय, महासमिति सदस्य पुनम चौधरी,नेता अरुण केसी,लगायत नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।

उक्त खोलामा बर्सौ बर्ष देखि पुल न हुँदा स्थानीयलाई बर्षा आममा ओहर दोहर गर्न कठिन्याई हुने गरेको छ। पुल सिल्यानास हुँदा स्थानीयहरु खुसी व्यक्त गरेका हुन।सिल्यानास पछि लहान १० स्थित रहेको खुट्टीखोला निरिक्षण समेत गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

