Rashtriya Dainik

फिलिम देखाउने भन्दै १२ बर्षिया बालिका जवर्जस्ती गर्ने एक जना पक्राउ

उत्तमकुमार थापा
बझाङ फिलिम देखाउदै १२ बर्षिया बालिकालाई जवर्जस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाकाे चैनपुरमा बस्ने बर्ष १९ का एक जना युवकलाई गाउँ घरमा लुकेर बसेकाे अवस्थामा बझाङ प्रहरीले पक्राउ गरेको डिएसपी ज्ञानबहादुर बिष्टले बताए ।

बिष्टले भने जवर्जती करणी मुद्दा प्रहरीमा परेपछि अपराधी लाई समातेको र मिति २०७८।१२।०६ गते बेलुकी अन्दाजी ६:३० बजेको समयमा परिवर्तित सांकेतिक नामथर, वतन जिल्ला ६८ बस्ने बर्ष १९ को चैनपुर १२८ ले आफ्नै हाडनाता भित्रको बहिनी नाता पर्ने पीडित बर्ष १२ की नाबालिका परिवर्तित सांकेतिक नामथर चैनपुर १२६ लाई मोबाईलमा फिलिम देखाउछु, रु ५०० पनि दिन्छु भनि लोभलालच प्रलोभन देखाई जवरजस्ती करणी गरी अन्यायी घटनास्थलबाट भागी फरार रहेका थिए ।
उहाँको खोजतलास गर्ने क्रममा खटी गएको प्रहरी टोलीले निज प्रतिवादी परिवर्तित सांकेतिक नामथर चैनपुर १२८ लाई मिति २०७८।१२।०७ गते बेलुकीको समयमा गाउँघरमा लुकीछीपी बस्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरी यस कार्यालयमा ल्याईएको ।
निज उपर जवरजस्ती करणी मुद्दा शिर्षकमा मुद्दा दर्ता भई सम्मानित बझाङ जिल्ला अदालतबाट दिन ८ (आठ) को म्याद थप अनुमती प्राप्त भई थप अनुसन्धान कार्य जारी रहेको डिएसपी बिष्टले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित