तुलसीराम पौडेल /सियारी, चैत्र ८
रुपन्देहीको सियारी गाउपालिकामा रोहिणी गाउपालिकाबाट सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेलाई स्वागत गरिएको छ। हालसम्म सेवारत प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराईको गृह मन्त्रालयमा सरुवा भएको गाउपालिकाले जनाएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले गाउपालिकाबाट जनतालाई दिइने सेवा प्रभावकारी हुनमा प्रमुख प्रशासकिय अधिकृतको सक्रिय भुमिका रहने बताउनु भयो।सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सेवा प्रभाव गर्ने कार्यमा सबैबाट सहयोग प्राप्त हुनेमा ढुक्क रहेको बताउनु भयो । स्वागत कार्यक्रममा गाउपालिका उपाध्यक्ष अमृता गुरुङ , प्रसासन प्रमुख चिरञ्जीवी गौतम ,योजना प्रमुख रोमलाल पुरी , लेखा शाखा प्रमुख नारायण प्रसाद पौडेल , सामाजिक शाखा प्रमुख बिनोद खनाल ,कृषि तथा पशु शाखा प्रमुख गणेश खनाल ,स्टोर शाखा प्रमुख शेषनारायण अर्याल ,स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्ती ,शिक्षा शाखा प्रमुख सुधीर पौडेल लगायतले स्वागत मन्तव दिनुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

