Rashtriya Dainik

नेकपा एमालेका युवा नेता गुप्ता सहितको टोली काठमाडौ पुगि गरे एमाले प्रबेश

रंजित चौरसिया,वीरगंज ८ चैत्र।
नेकपा एमालेका पार्टी प्रवेश कार्यक्रम गरिएको छ।
नेकपा एमालेका पार्टी प्रवेश कार्यक्रम काठमाडौंको थापाथली स्थित एक होटेलमा गरिएको थियो।

वीरगंज महानगर पालिका वडा नं १० का स्थानीयहरुले विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा एमालेमा प्रबेश गरेका छन्।
वीरगंज महानगरपालिका वडा नं १० का युवा नेता अजय कुमार गुप्ताको नेतृत्वमा सहितको टोलीले काठमाडौ पुगि पार्टी प्रबेश गरेका छन्।

एमाले प्रवेश गर्नेहरुमा प्रेमचन्द साह कानु, रेणु कर्ण,विगु प्रसाद, रामबाबु पटेल,रोमी साह,विकाश साह कानु, विरेन्द्र लाल कर्ण,जितेश कुमार शर्मा, कन्हैया साह सोनार, रंजित यादव, मुकेश कुमार कुर्मी, रितेश कुमार शर्मा,राजिव साह लगायत सयौंको संख्यामा रहेको थियो। उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका र खाँदा ओढाइ पार्टीमा स्वागत गरेका छन् ।

सो अवसरमा नेकपाका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य राजकुमार गुप्ता, नेताहरु बसरुदिन अंसारी, शिव पटेल लगाएतको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित