Rashtriya Dainik

पार्टी परित्याग गरेकै कारण ज्यान मार्ने उदेश्यले हमला गरिएको पिडितले लगाए आरोप

वीरगंज ८ चैत्र । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ७ निवासी मोहमद इसा मिकरानी पार्टी परित्याग गरेकै कारण आफु माथि जसपाका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन । चैत्र ३ गते कुटपिटबाट घाइते भई वीरगंज स्थित नेश्नल मेडिकल कलेजमा उपचार गराइरहेका महमद इसा मिकरानीले यस अनलाईन संग कुरा गर्दै आफु पार्टी परित्याग गरेकै कारण ज्यान मार्ने उदेश्यले हमला गरिएको आरोप लगाएका हुन ।
जनता समाजवादी पार्टीलाई परित्याग गरी माओवादी पार्टीमा प्रवेश गरेकै कारण सर्लाही क्यामपस चिफ बताउने राजेश राय यादवले आफु माथि हातपात गर्नुको साथै ज्यान मार्ने उदेश्यले नै हमला गरेको आरोप मिकरानीले लगाएका हुन । मलंगवा नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा उम्मेदवारी दिने भएको कारण आफुलाई निर्घात कुटपिट गरिएको हुन सक्ने मिकरानीले दावी गरेका हुन ।
बिगत ५ दिनदेखी नेश्नल मेडिकल कलेजमा उपचार गराइरहेका मोहमद इसा मिकरानीले रातिको समयमा जनता समाजवादी पार्टीका कार्यकर्ता र क्याम्पस चिफ बताउने राजेश राय यादवले आफु माथि ज्यान नै मार्ने उदेश्यले एक्कासी हमला गरेको बताएका छन । उनका अनुसार हमला गर्ने गिरोह लगायत राजेश राय यादव माथि कानुनी उपचार गर्न अवाश्यक रहेको हुदा नेपाल सरकारको कानुन बमोजिम कारवाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई अपिल समेत गर्नुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित