वीरगंज ८ चैत्र । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नामस्ता बाहिनीबाट खटिएको स्कवाड टोलीले भारततर्फ निर्यात हुन लागेको भारी मात्रामा मदिरा बरामद गरेको छ । नेपालबाट भारततर्फ मोटरसाइकलको माध्यमले मदिरा गइरहेको बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नामस्ता बाहिनीबाट खटिएको स्कवाड टोलीले दशगजा क्षेत्रबाट भारी मात्रामा मदिरा सहित ६ वटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको हो ।
धनुषा जिल्लाको जनकनन्दनी गाउपालिका वडा नम्बर १ ईनर्वा स्थित दश गजा इलाकाबाट भारततर्फ मदिरा लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ । ६ वटा भारतीय नम्बरको मोटरसाइकलमा मदिरा लगिरहेको अवस्थामा सीमा नजिकै रहेको स्कवाड टोलीलाई हेर्नसाथ तस्कर फरार भएपनि मदिरा र भारतीय मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नामस्ता बाहिनीका प्रमुख डिआईजी गणेश ठाडा मगरका अनुसार २०७ वटा कार्टुनमा रहेको सौफी, भर्जिन ७ कार्टुन, ब्लैक ओके ९ कार्टुन गरी जम्मा रु. ३ लाख १० हजार ६ सय बराबरको मदिरा रहेको बताउनु भयो । उहाले भारतीय मोटरसाइकलको ५ लाख ५० हजार गरी कुल ८ लाख ५० हजार ६ सय बराबरको मुल्यांकन गरी आन्तरीक राजस्व कार्यालयमा बुझाइएको बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

