Rashtriya Dainik

जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवार बन्न पाउने निर्णयमा सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डाै – स्थानीय तहको चुनावमा जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवार बन्न पाउने निर्वाचन आयोगको आचारसंहितामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

आयोगको निर्णयविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिट निवेदनमाथि आज मङ्गलवार सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले पक्ष र विपक्षी दुवैलाई छलफलका लागि यही चैत १३ गते इजलासमा बोलाएको छ ।

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भाग लिनका लागि निर्वाचन आयोगले स्थानीय तह निर्वाचन नियमावली २०७३ मा भएको व्यवस्थाअनुसार अहिले बहाल रहेका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता बनाएर राजपत्रमा प्रकाशन गरेको छ । नियमावलीमा उम्मेदवारी मनोनयन गर्दा कुनै सरकारी लाभको पदमा नरहेको र सेवा, सुविधा उपयोग नगरेको स्वघोषणा गर्नुपर्ने उल्लेख रहेको छ ।

ujyaaloonline

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित