Rashtriya Dainik

स्थानीय निकायका जनप्रतिनिधिलाई कर्मचारीले टेर्न छाडे

काठमाडौं, ८ चैत्र । स्थानीय निकायका जनप्रतिनिधिलाई कर्मचारीले टेर्न छाडेका छन् । आउँदो वर्षको ३० वैशाखमा चुनाव तय भएपछि कर्मचारीले टेर्न छाडेका हुन् ।

जनप्रतिनिधिले उम्मेदवारी मनोनयन गर्दा अनिवार्य राजीनामा गर्नुपर्ने निर्वाचन आयोगको निर्णयले पनि कर्मचारीले टेर्न छाडेका हुन् । अब एक महिना मात्र धेरैजसो जनप्रतिनिधि रहने अवस्था बनेको छ । यसकारण पनि कर्मचारीले पालिका प्रमुख र उपप्रमुखहरुको निर्देशन मान्न छाडेका हुन् ।

देशभरका अधिकांश पालिकाहरुमा समन्वय गर्न सक्ने जनप्रतिनिधिबाहेकसँग कर्मचारीको टकराव हुने गरेको देखिन्छ । चुनाव नजिकिदै जाँदा अन्य दलका प्रतिनिधिहरु पनि विभिन्न काममा दबाब बढाउन थालेका छन् ।

अहिले जनप्रतिनिधिहरु धमाधम पालिकाहरुको बाँकी रहेका खर्चहरु सक्ने र अनुगमन गर्नेमा सक्रिय भएका छन् । देशभर जनप्रतिनिधिहरु प्रायः अनुगमनमा खटिएको देख्न सकिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित