Rashtriya Dainik

घर घर जाँउ कांग्रेस जिताऔं अभियान सरावलमा सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , ८ चैत

नेपाली काङ्ग्रेसको घर घर जाँउ काङ्ग्रेस जिताऔं अभियान अन्तर्गत नेपाली काङ्ग्रेस सरावल गाउँ कार्यसमितिको आयोजनामा बृहत आमसभा कार्यक्रम गाेबरहियामा सम्पन्न भएको छ ।

गाउँ कार्यसमितिका सभापति बिनाेद कुमार पाण्डेयकाे अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ रहनु भएको थियो ।

प्रमुख अतिथीको आसन बाट बोल्दै श्रेष्ठले कम्युनिष्टले जनताबाट प्राप्त गरेको मतको कदर गर्न नसक्दा अहिले सरकारबाट बाहिर जानु पर्ने बाध्यता कम्युनिष्टहरु आफैले सिर्जना गरेको बताउनु भएको छ ।

कम्युनिष्ट सरकारले गर्न नसक्ने कुरा मात्र गरेर समय बिताएको र देशमा भा्रष्टाचार मौलाउने काम मात्र गरेको बताउनु भयो । केपी ओली सरकार भएको बेला देखि नै एमसिसि साम्झौता कायम रहेको र अहिले गठबन्धन सरकारले सदन बाट पास गरेको उल्लेख गर्दै उहाँले एमसिसि साम्झौता देशले बिकाशमा टेवापुग्ने कुरामा जोड दिनु भएको थियो । केन्द्रीय सदस्य श्रेष्ठले निवार्चन जित्नकाे लागि अहिलेदेखि संगठन विस्तारमा लाग्न अनुरोध समेत गर्नुभएको थियोे ।

यस्तै कार्यक्रमको बिशिस्ट अतिथीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले बैशाख ३० गते हुने निर्वाचनमा बिकाश केन्द्रीत कुरा जनताका माझमा लिएर जानु पर्ने बताउनु भएको छ । एमसिसि सम्झौता सदन बाट पास भए सँगै अन्य पार्टीहरुले आगामी चुनावमा आफनो पार्टीलाई विजयी हाशिल गराउन एमसिसिको बारेमा गलत प्रचार गर्दै आएकाले जनता सचेत रहनु पर्ने बताउनु भएको छ ।यस्तै उहाँले आगामी निर्वाचनमा नेपाली कांग्रेशको विधान अनुसार उम्मेदार खडा गर्न पनि उल्लेख गर्नु भएको थियोे । नेपाली जनता र देशको पार्टी नेपाली काङ्ग्रेस मात्रै भएकोले काङ्ग्रेसका  विभिन्न तह र तप्काका सम्पुर्ण नेता कार्यकर्ताहरुले एकताबद्ध तरिकाले अघि बढ्न पर्ने बताउनु भयो । काङ्ग्रेस पार्टीले जहिले पनि मुलुकका हितका लागी काम गर्दै आएकोले हरेक समस्या र अफ्ट्यारो परिस्थितिमा काङ्ग्रेस सडकमा आएर लड्ने गरेको बताउनुभयो । नवलपरासीको बाढी समस्या र समग्र जनताकाे समस्या नागरिकताकाे समस्या समाधान अाफु लागिपरेको कुराबारे उल्लेख गर्नुभएको थियो ।


त्यस्तै लुम्बिनी प्रदेश सदस्य कुसुमराज ज्ञवालीले मुलुकलाई निकास दिने एउटै पार्टी नेपाली काङ्ग्रेस भएकोले हिजोका दिनमा परिवर्तनका लागि ठूल ठुला आन्दोलन हरुमा अग्रमोर्चामा काङ्ग्रेस होमिदै आएको  बताए ।हाल अकान्छी रहेका सबै उम्मेदवार रहेकोले एकढिक्का भई काङ्ग्रेस बलियो बनाउन तिर लाग्न अनुरोध गर्दै टिकट जसले पाउछ उसलाई जिताउन हामी सबै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य देवकरण कलवार सन्तु  , नेपाली काङ्ग्रेस जिल्ला उपसभापति द्वय अनिल कुमार गाैड , बिक्रम यादव , वरिष्ठ जिल्ला सदस्य माेहन प्रसाद शर्मा, जिल्ला सदस्य उत्तमा राय ,क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ सभापति माधव पाण्डेय , क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ सदस्य उमेश कुमार बि.क , क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ सदस्य चन्दकुमार गुप्ता ,प्रदेशसभा क्षेत्रीय कार्यसमिति सचिव कृपाकाैशल चाैधरी , नेपाली काङ्ग्रेस नेता द्वय राधेश्याम चाैधरी , प्रदिप अग्रहरी र वडा नम्बर १ देखि ७ सम्मका सभापति लगाएतले अाफ्नाे विचार धारणा ब्यक्त गरेका थिए ।

गाउँ कार्यसमितिका उपसभापति महेन्द्र चाैधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँ कार्यसमिति सचिव सन्जय चाैधरीले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित