Rashtriya Dainik

नेता चौधरीले समाजसेवा प्रतिको क्रेज बढदै

महेश सिंह सिरहा लहान ८ चैत – वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीको समाजसेवा प्रतिको क्रेज दिन प्रती दिन बढदै गरेको छ्। बर्सै बर्ष देखी समाजसेवामा निरन्तर लागेका चौधरीले समाजमा आवश्यकता अनुसारको समस्या पहिचान गरी सहयोग गर्दै आएका छन्।

बिगतमा पनि उनले विभिन्न किसिमको सहयोग गर्दै आएका हुन्।बाल्यकाल देखि नै नेता चौधरीलाई समाज सेवा गर्ने अपेक्षा रहिरहदा उनी देशमा जस्तो सुकै परिस्थितिको सामना गर्न सामाजमा सक्रिय रहेका हुन।

नेता चौधरी समाजसेवा गर्दा गर्दै एकासी निकै चर्चामा आएका हुन्।समाज प्रतिको जिम्मेवारी वहन गर्न अहोरात खटदै आएका हुन्।समाजसेवी चौधरीलाई सर्वपरी नेताको रूपमा चिनीने गरेका छन्।

संगीता कर्माचार्य प्रतिष्ठान द्वारा लामखुटेको टोकईबाट दलित गरिब असहाई एकल महिला लगायतका समुदायमा कसैले मलेरिया,डेङगु जस्ता रोगको सिकार बन्न नपरोस र राती सुतदा लाम खुट्टेबाट जोगियोस भने उदेश्यले लहान नगरपालिका वाड़ा २४ र २२ मा एक परिवार एक झूल गरी जम्मा १ सय झुल वितरण गरेका सहयोगी महेश्वरी चौधरीले बताए।

लहान नगर पालिका भित्रमा जम्मा २ हजार दलित परिवारलाई झूल बितरण गर्ने संगीता कर्माचार्य स्मृति प्रतिष्ठानको लक्ष्य रहेको संस्थाको अध्यक्ष महेश प्रसाद चौधरीले पत्रकारहरुसंग सर्बजनिक गरेका हुन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित