Rashtriya Dainik

विभिन्न पार्टी परित्याग गरि जसपामा प्रबेश

चैत ७ वीरगञ्ज
बिभिन्न दल परित्याग गरि सोमबार जनता समाजबादी पार्टीमा हजारौको सँख्यामा जनता समाजबादी पार्टी नेपालमा नेता कार्यकर्ताहरु प्रबेश गरेका छन ।पर्साको पोखरिया नगरपालिकामा जनता समाजबादी पार्टी पर्सा क्षेत्र नम्बर ३ द्वारा आयोजित आम सभा तथा बृहत पार्टी प्रबेश कार्यक्रममा नेपाली काँग्रेस,एमाले,माओबादी,लोसपा लगायतका अन्य पार्टी परित्याग गरि हजारौको सँख्यामा नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रबेश गरेका हुन । पोखरियाका चर्चित नेता राजु साह तेलीसहित उनको नेतृत्वमा हजारौकोे सँख्यामा नेता कार्यकर्ताहरु जसपामा प्रबेश गरेका थिए ।यसैगरि पकहा मैनपुर गाउपालिकाबाट पनि सयौको सँख्यामा नेता कार्यकर्ताहरु जसपामा प्रबेश गरेका थिए ।नव प्रबेशीहरुलाई जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मालदा टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।पार्टी प्रबेश कार्यक्रममा पर्साको बिभिन्न पालिकाहरुबाट नेता कार्यकर्ताहरु जसपामा प्रबेश गर्नको लागि कार्यक्रम स्थलमा पुगेका थिए ।जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रिय अध्यक्ष नागेन्द्र यादवको अध्यक्षतामा सम्पनन भएको आम सभा तथा पार्टी प्रबेश कार्यक्रममा पर्सा क्षेत्र नम्बर ३ का सँघीय साँसद हरि नारायण रौनियार,मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदी,प्रदेश साँसद मन्जुर अन्सारी,सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष एवम् जसपा नेता प्रदिप जैसवाल,पोखरिया नगरपालिकाकी उपप्रमुख एवम् जसपा नेतृ सल्मा खातुन लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।यसअघि सोमबार नै वीरगञ्जमा पनि सयौको सँखयामा अन्य पार्टी परित्याग गरि नेता कार्यकर्ताहरु जसपामा प्रबेश गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित