उत्तमकुमार थापा
युवा परिषद बझाङकाे अध्यक्षमा नेकपा माअाेवादी केन्द्रका युवा तथा चर्चित नेता देविजङ्ग बहादुर सिह चयन हुनुभएको छ ।
सुदुरपश्चिम प्रदेश सरकारकाे आज बसेकाे बैठकले बझाङ जिल्लाकाे युवा परिषदकाे जिल्ला अध्यक्षमा देविजङ्ग सिँहलाई चयन गरेकाे हाे । सिँह नेकपा माअाेवादी केन्द्रकाे अखिल क्रान्तिकारी जिल्ला सँयाेजक हुन । उनको राजनीतिक जीवन माअाेवादी केन्द्रका चर्चित नेता हुन ।
युवा परिषद बझाङका अध्यक्ष सिँह उद्धमी लगनशील युवामा भिजेका नेता हुन ।उहाँले युवाहरुलाई उद्धमशिलता तिर लैजादै युवा सशक्त बनाउने बताउनु भएको छ । स्थानीय तहकाे समन्वयमा युवाको नेतृत्व बिकास गर्ने अध्यक्ष सिँहले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

