वीरगंज ७ चैत
पर्साको पोखरियामा चैत्र ७ गते भोलि सोमबार जनता समाजबादी पार्टी पर्सा नेपालको आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रम हुने भएको छ । जसपा नेपालका केन्द्रीय अध्यक्ष एवम पूर्व उप-प्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख अतिथ्यतामा कार्यक्रम हुने जसपा नेपालका नेता एवम पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले बताउनुभयो । भोलि हुने पार्टी प्रवेश कार्यक्रममा हजारौको संख्यामा मानिसहरुले जसपामा प्रवेश गर्ने जसपा नेतृ एवम पोखरिया नगरपालिकाकी उपमेयर सालमा खातुनले बताउनुभयो । जसपा प्रति जनताको बिश्वास बढेकोले एकै चोटी यतिको संख्यामा मानिहरु पार्टी प्रबेश गर्न लागेको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष एवम जसपा नेता प्रदिप जैसवालले बताउनुभयो । भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भईसकेको जसपा पर्साका अध्यक्ष रामनरेश यादवले बताउनुभयो । केहि दिन अगाडी जसपा पर्सामा देखिएको बिबाद मिलेकोले अझ जनमानसमा सकरात्मक संकेत गएको जसपा अध्यक्ष यादवको भनाई छ । कार्यक्रममामा जसपा नेपालका सम्पूर्ण नेता , कार्यकर्ता , भातृसङ्गठन लगायत आमजनताको बिशेष उपस्तिथीको लागी जसपा पर्साले आग्रह गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

