नवलपरासी /मंसिर १० सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन नहुने बताउनुभएको छ । स्वतन्त्रराजनीतिक समूह नवलपरासी(बर्दघाटसुस्ता पश्चिम)ले आज परासीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा रहनुभएका मन्त्री त्रिपाठीले नेकपा विभाजन हुँदा देशको समग्र प्रणाली र संविधान नै ध्वस्त हुने खतरा रहेकाले विभाजनको अवस्थामा नपुग्ने विश्वास व्यक्त गर्नुभयो । आयोजक समूहका संयोजक त्रिपाठीले भन्नुभयो, ‘अहिलेको आवश्यकता भनेको वैचारिक÷राजनीतिक बहस हो, वैचारिक बहस भएमा मुलुक सही दिशातर्फ अग्रसर हुन्छ ।’ अर्काे प्रसङ्गमा मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटेपछि संसद्को आगामी अधिवेशन बोलाइने जानकारी दिनुभयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।