तिलोत्तमामा प्लाजमा संकलनको लागि रक्तदान

तिलोत्तमा, मंसिर १० ।

तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमणमुक्त भएका जनप्रतिनिधि, कर्मचारीलगायतले मंगलबार प्लाजमा संकलनको लागि रक्तदान गर्नु भएको छ । कोभिड–१९ बाट संक्रमित भई निको भएकाहरुले अन्य संक्रमित बिरामीहरुको जीवन रक्षाको लागि प्लाजमा दान गर्नुभएको हो ।

विश्वमा कोरोना भाइरस संक्रमणको निदानको लागि हालसम्म प्रभावकारी औषधि तथा खोप उपलब्ध नभइरहँदा संक्रमितको उपचारमा प्लाजमा थेरापीको प्रयोग हुँदै आएको छ । प्लाजमा दान गर्न नगरबासीलाई प्रेरणा मिलोस् भनेर रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो ।

त्यसक्रममा नगर प्रमुख बासुदेव घिमिरे, वडाध्यक्ष तामानाथ पाण्डेय, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलसहित ११ जना कोरोना संक्रमणमुक्त हुनुभएकाहरुले प्लाजमा संकलनको लागि रक्तदान गर्नुभएको थियो । यस्तै नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीसहित १३ जनाले पनि रक्तदान गर्नुभएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

रुपन्देहीमा समेत कोरोना संक्रमितको उपचारको लागि प्लाजमाको माग बढ्दै गइरहेको अवस्थामा नगरपालिकाले आफ्नैं कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल स्वयंम्सेवी रक्तदाता संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहानका अनुसार प्लाजमाको लागि संकलन गरिएको रगत ६ महिनाभित्र प्रयोग गर्न सकिन्छ ।

कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना भाइरस संक्रमणका बिरामीहरुलाई उपचार गरिन्छ । यसका लागि कोरोना संक्रमण देखिएर निको भइसकेको व्यक्तिहरुको रगतबाट छुट्याइएको एन्टिबडी (रोगसँग लड्ने तत्व) सहितको प्लाजमा (जुन रगतमा ५५ प्रतिशत हुन्छ) अर्को संक्रमितलाई दिइन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot