रन्जीत शर्मा/ नवलपरासी / ९ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा बाल मैत्री स्थानीय शासन सम्बन्धित अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फाल्गुन मसान्तसम्म बाल मैत्री स्थानीय शासन अवलम्बन गर्ने तरिकाले अग्रसर भइरहेको रामग्राम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीको अध्यक्ष्ाता तथा उप-प्रमुख रम्भा कुन्वरको प्रमुख अतिथिक्ता तथा मैत्री समाज नेपालको सहजीकरण एवम् सम्पूर्ण विशेषगत शाखाहरु प्रतिनिधिको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । फाल्गुन मसान्तसम्म बाल मैत्री स्थानीय शासन नगरपालिका घोषणा भए पश्चिम् नवलपरासीको दोस्रो स्थानीय तह हुनेछ । यस अघि सुनवल नगरपालिका नेपाल कै पहिलो बाल मैत्री स्थानीय शाशन नगरपालिका घोषणा भैसकेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।