सरावलकाे १५ शय्याको अस्पताल बडहरामा बन्ने निर्णय ,राजनितिक ईस्यु नबनाउन अध्यक्ष चाैधरीकाे अपिल

उमेश बि.क / नवलपरासी ,८ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका अन्तर्गत १५ शय्याको अस्पताल शिलान्यास नहुदै बिवादित भएको छ ।

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले स्थानीय तहमा पाँच देखि १५ शय्याको अस्पताल निर्माण गर्ने नीति बमोजिम मंसिर १५ गते देसभर अस्पताल भवनको शिलान्यास गर्ने भएको छ ।

१५ शय्याको अस्पताल निर्माणकाे लागि सरावल गाउँपालिका कार्यपालिकाकाे बैठकले कुपाेषित बच्चा धेरै रहेको वडा तथा बाढी प्रभाभित क्षेत्रलाई मध्यनजर गर्दै वडा नं. ५ मा अस्पताल बनाउने निर्णय गरिएको थियाे।

अस्पताल वडा नं. ५ मा बनाउने निर्णय गर्दै गाउँपालिकाले १ हप्ताकाे लागि जग्गा खाेज्ने समय वडाकाे जनप्रतिनिधिलाई दिइकाे हाे।

जग्गा खाेजिमा वडा टिम सरावल ५ दुबाैलियामा रहेको कित्ता नम्बर २३८ काे तीन बिगहा बाह्र कट्ठा पाच धुर जग्गामा अस्पताल बनाउने उद्देश्यले वडाबाट बार लगाइएको ठाउँ गाउँपालिका अध्यक्षलाई देखाएको वडा नं. ५ का वडा अध्यक्ष दिनेश सहानिले बताएका हुन ।

साे स्थान गाउँपालिकाले अनुगमन गर्दा ठिकै रहेतापनि त्यस ठाउँकाे जाेतभाेग गर्दै अाइरहेकाे स्थानीयले जग्गा विवाद रहेको बताउदै निबेदन दर्ता गराएका हुन । बार लगाइएको स्थानबारे गाउँपालिकाबाट नापी कार्यालय नवलपरासीमा यथार्थ पता लगाउँदा नक्सामा ताल तलैया देखा परेको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको हाे।

नेपाल सरकारकाे नीति अनरुप तालतलैयामा भवन तथा कार्यालय निमार्ण गर्न नपाइने कुरा वडा टिमलाई अध्यक्ष चाैधरीले जानकारी गराउदै अर्काे ठाउँमा विवादित नरहेकाे जग्गा खाेज्न अनुरोध गर्नुभएको थियाे । दुई हप्ता बितिसक्दा वडाबाट कुनै ठाेस निर्णय नअाउदा कार्यपालिकाले मंसिर ७ गते बडहरामा अस्पताल बनाउने निर्णय गरेकाे हाे।

कार्यपालिकाकाे निर्णयप्रती अाप्पति जनाउँदै वडा नं. ५ का वडा अध्यक्ष दिनेश सहानि सहित स्थानीय तथा वडा नं. ६ का वडा अध्यक्ष कैलास यादव, वडा नं. ७ का वडा अध्यक्ष हेयात खाँ सहितकाे टाेलिले अाइतवार साझ र साेमबार दिउँसो गाउँपालिका गेट अगाडि नाराबाजी सहित बिराेध प्रदर्शन गरेका हुन ।

५ का वडा अध्यक्ष दिनेश सहानीले अाफुहरु एकपछि अर्को ठाउँ दुबाैलिया,जितपुर ,फुलबारीया मध्ये कुनै एक स्थानमा अस्पताल निर्माण गर्नकाे लागि जग्गा बारे गाउँपालिकामा छलफल गर्दा पनि बडहरामा बनाउने निर्णय गाउँपालिकाकाे बैठकले गरेको अाराेप लगाएकाछन ।

साे सन्दर्भमा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीसंग बुझ्दा दुई हप्ता बितिसक्दा वडाबाट कुनै ठाेस निर्णय नअाउदा कार्यपालिकाले मंसिर ७ गते बडहरामा अस्पताल बनाउने निर्णय गरेकाे बताउनु भएको छ। अध्यक्ष चाैधरीले कार्यपालिका निर्णय अनुसार
कानुन बमोजिम अाफुहरुले कदम चालेको बताउनु भएको छ। गाउँपालिकाले वडा टिमलाई एक हप्ता समय दिएपनि दुई हप्ता वितिसक्दा अधिकारिक निर्णय नअाएकाेले बाेडले साे निर्णय गरेको हाे। अाफु नियममानुसार कदम चालेकाे बताउदै जनताकाे हकहितको लागि अाफुहरुले लिएकाे निर्णय सहि रहेकाे जानकारी गराउदै अस्पतालकाे वहानामा हाम्रा जनप्रतिनिधि मित्र तथा राजितिज्ञ ब्यक्तिहरु राजनीतिक नगरिदिन अनुरोध गर्नुभएको छ। वडा नँ.५ ले बिरोध नगरेर स्वागत गर्नुको साधै पालिकालाई धन्यवाद दिनु पर्ने तर अनावश्क रुपका राजनितिक ईस्यु बनाईएकोछ। मंसिर १५ गते अस्पताल शिलान्यास नगरे बजेट फ्रिज जाने भएकोले अध्यक्ष चाैधरीले जनप्रतिनिधि र स्थानीयलाई शिलान्यास प्रक्रियामा हातेमालो गरि अगाडि बढन अनुरोध गर्नुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot