कुतुबुल मदारशाह दरगाह कमेटीको चौथो साधारण सभा सम्पन्न

नवलपरासी , ८ मंसिर ।

कुतुबुल मदारशाह दरगाह कमेटीको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका सदस्य जहिर मिँयाको अध्यक्षता तथा जमियतुल ओल्मा युनियन लुम्बिनी प्रदेशका अध्यक्ष तथा फैजाने अहलेबैत संस्थाका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको प्रमुख आतिथ्यतामा सोमबार बेलाटारी स्थित त्रिभुवन क्याम्पसमा उक्त सभा तथा अधिवेशन सम्पन्न भएको हो ।

उक्त अधिवेशनबाट असलम अंसारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति पनि गठन भएको छ । संस्थाको अध्यक्षमा पदमा असलम अंसारी, बरिष्ठ उपाध्यक्षमा अजमुद्दिन मिँया, उपाध्यक्षमा रब्बुल मिँया, सविचमा रज्जब धुनिया, कोषाध्यक्ष रफिक चुरिहार र सहसचिवमा कासिम अंसारी सर्वसम्मत रुपले चयन भएका हुन् ।
त्यस्तै सदस्यमा तजामुल अंसारी, अन्जुम आरा खातुन, वकिल मियाँ, सकुर अंसारी, फुन्ने आलम, अजमल हुसैन, आबेदा खातुन, अलाउद्दिन अंसारी चयन भएको संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष निजाम मिँया सहित केहि पदाधिकारी र सदस्यहरुले संस्थामा आर्थिक अनियमितता गरेको र मनोमानी ढंगबाट एक्लौटी रुपले संस्था हाँकीरहेकाले संस्थाका साधारण सदस्यहरुले विशेष साधारणसभाका माग गर्दै गत भदांै १६ गते अध्यक्ष सहित कार्यसमितिका ७ जना माथि अविश्वासको प्रस्ताव कार्यसमितिमा पेश गरेका थिए । संस्थाले कार्वाही पं्रक्रिया अगाडी बढाउदै आज सभामा सो प्रस्ताव पेश गरि बहुमतले पास गरि संस्थाका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष सहित सदस्यहरुलाई पदबाट हटाई नयाँ नेतृत्व चयन गरेको संस्थाका निवर्तमान सचिव अजमुद्दिन मिँयाले जानकारी दिएका छन् ।
कुतुबल मदारशाह दरगाह कमेटी दुई समुहमा विभाजन भएको देखिन्छ । आर्थिक प्रलोभन र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुमा मनामोटाव बढेपछि यो अवस्था आएको हो । मदारबाबा एक विशुद्ध धार्मिक तथा एतिहासक स्थल रहेपनि यहाँ पनि राजनिति छिरेको छ । हिन्दु मुस्लिमको आस्थाका केन्द्र रहेको मदारबाबालाई पर्यटनको रुपमा विकास गर्न संस्था खासै क्रियाशिल देखिएको छैन । एक आपसको आन्तरिक लडाईले मदार बाबाको चौतर्फि विकास हुन सकिरहेको छैन ।
मंसिर ७ गते आईतबार मात्रै अध्यक्ष निजामको समुहले आफुँहरु नै बैधानिक रहेको दावी गर्दै संस्थाको चौथो साधारण सभा गरेको छन । यता आज मंसिर ८ गते सोमबार भने अर्काे समुहले आफुँ बैधानिक रहेको भन्दै संस्थाको साधारण सभा तथा अधिवेशन सम्पन्न गरेका हुन् । यद्यपी यि दुबै समुहको बैधानिकता र कानुनी प्रक्रिया पुगे नपुगेको जिल्ला प्रशासनले हेर्ने र मान्यता दिनेछ । संस्थामा १३६ जना सदस्य रहेका छन् । आज सम्पन्न गरिएको सभामा करिब ७० प्रतिशत सदस्यहरुको सहभागिता र समर्थन रहेको संस्थाले जनाएको छ ।
सभामा प्रमुख अतिथि एवं फैजाने अहलेबैत संस्थाका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाले यस संस्थाको प्रगतिको कामना गर्दै नयाँ नेतृत्वलाई बधाई ज्ञापन सहित सफल कार्यकालको शुभ कामना व्यक्त गर्नु भयो । सभामा प्रमुख अतिथि मिँयाले यस संस्थाले मदारबाबाको नामले ईण्टरनेशनल लाईब्रेरीको स्थापना गर्नुपर्ने र यो संस्था पुर्ण रुपले सामाजिक क्षेत्रमा कार्य गर्नु पर्ने आवश्यकता रहेको जिकिर गर्नु भयो । संस्थाले मदारबाबा मेलाबाट उठेको भेटी रकमको सदुप्योग गर्दै मदारबाबालाई पर्यटकिय क्षेत्रको रुपका विकास गर्न क्रियाशिल भएर लाग्नु पर्ने बताउनु भयो ।
सभामा मौलाना, सबरेआलम निजामी, मौलाना, अमानुल्लाह कादरी, मौलाना रहिमुद्दिन निमाजी, मौलाना समसाद नुरी, समाजसेवी रफिक चुरिहार, समाजसेवी रज्जब धुनिया, समाजसेवी अजमुद्दिन मिँया लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot