संजय कुशवाहा / ८ मंसिर पश्चिम नवलपरासीको विभिन्न ठाउँबाट १ लाख १० हजार ५ सय मुल्य बराबरको अवैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुर स्थितबाट आइतबार भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याउदै गरेको लेडिज सल, लेडिज सुटको थान कपडा, कांसको दियो, साडी, स्विटर, प्लाजा, लेडिज सुट, लेडिज कुर्ता लगायतका अबैध मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रण गरेको हो । उक्त मालसामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको मालसामान आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।