सुनवल नगरपालिकामा नागरिक सहायता कक्ष स्थापना

नवलपरासी , ७ मंसिर ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका कार्यालयमा हेल्प डेस्क स्थापना भएको छ।

USAID तयार नेपालको आर्थिक सहयोग तथा हिमालयन सामुदायिक बिकास मन्च (हिकोडेफ) र सुनवल नगरपालिकाको सहकार्यमा सुचना र सेवा प्रदान गर्ने उद्देश्यले एक अनौपचारिक कार्यक्रम बीच सो नागरिक सहायता कक्ष स्थापना गरिएको हो।

उक्त नागरिक सहायता कक्षलाइ सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाले औपचारिकता प्रदान गर्दै आजै देखी सन्चालनमा ल्याउनु भएको हो।

उक्त सहायता कक्षबाट कोविड -१९ सम्बन्धि सचेतना मुलक सूचनाहरु प्रवाह गर्ने नगरपालिकाबाट प्रदान गरिने सेवाहरु सम्बन्धि जानकारी प्रदान गर्दै सहजीकरण समेत गर्ने उद्देश्य रहेको छ ।

हेल्प डेस्कका लागि आवश्यक सामाग्री कम्प्युटर, टि.भि. र अन्य जिन्सी सामाग्रीहरु USAID तयार कार्यक्रम फिल्ड अफिसर छबिलाल सुनार र आर्थिक पुनर्लाभ कार्यक्रम सम्योजक शुक्रराज ओझाले सुनवल नगरपालिकाका नगरप्रमुख भीम बहादुर थापालाई हस्तान्तरण गर्नु भएको हिकोडेफ प्राईभेट सेक्टर इनगेजमेन्ट अफिसर दिपेश सिग्देलले जानकारी दिनु भयो।
हेल्प डेस्कोको ब्यस्थापन नगरपालिकाले गर्ने छ।

सुनवल नगर प्रमुख भिम बहादुर थापाले, यश हेल्प डेस्कबाट कोभिड तथा अन्य बिपत्तिको समयमा नागरिकहरुले जानकारी तथा सेवा लिने र यस हेल्प डेस्कको दिगोपनाका लागि नगरपालिकाले भरपुर सहयोग गर्ने बताउनु भयो । उहाँले यसबाट नागरिकहरु बढी लाभान्वित हुने र यो निकै प्रभावकारी रह्ने बिश्वास व्यक्त गर्नु भयो।

कार्यक्रममाथी USAID तयार कार्यक्रम फिल्ड अफिसर छबिलाल सुनारले प्रकाश पार्नु भएको थियो भने, आर्थिक पुनर्लाभ कार्यक्रम सम्योजक शुक्रराज ओझाले कार्यक्रम संचालन गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot