उमेश बि.क /नवलपरासी ,६ मंसिर पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा न.५ बडहरा र धनगडवामा अास्थाकाे पर्व छठ पर्बकाे अवसर शुभकामना अादानप्रदान तथा विबिध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुभकामना अादानप्रदान तथा विबिध सांस्कृतिक कार्यक्रम छठ ब्यवस्थापन समिति बडहराका अध्यक्ष शंकर चाैधरी तथा युथ अफ धनगडवा अध्यक्ष किसान चाैधरीकाे अध्यक्षता एवम् सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यता एवम् गाउँपालिका उपाध्यक्ष उत्तमा रायको बिशेष अातिथ्यतामा सम्पन्न भएको हाे। कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष चाैधरीले नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठ पर्व धार्मीक सदभावको रुपमा स्थापित हुदै गएको मधेशी समुदाय मात्र नभई पहाडी समुदाय साथै मुस्लिम,जनजाति लगायतहरुको सहभागिता रहेको र यो पर्वमा हरेक समुदायको चासो बढदै गएको हुदाँ हरेक बर्ष राैनकतामा बृदि हुदै गएको देखिन्छ । सरावल गाउँपालिका अन्तर्गत रहेको विभिन्न महत्त्वपूर्ण स्थानलाई धार्मिक र पर्यटकीय क्षेत्र बनाउनमा गाउँपालिकाबाट अमुल्य सहयाेग र साथ हुने जानकारी गराउदै साे क्षेत्रकाे बिकास निर्माण कार्यमा सदैव अाफु अगाडि रहने प्रतिबध्दता समेत ब्यक्त गर्नुभएको हाे। त्यस्तै कार्यक्रमकाे बिशेष अतिथिको रुपमा रहनुभएकी सरावल गाउँपालिका उपाध्यक्ष रायले मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्व चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गरि मनाउने पर्व रहेको जानकारी गराउदै सम्पूर्णमा छठकाे शुभकामना ब्यक्त गर्नुभएको थियाे। छठ विशेष कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अनिल गाैड ,नेपाली काङ्ग्रेस क्षेत्रीय उपसभापति चन्द्र कुमार गुप्ता ,नेपाली काङ्ग्रेस सरावल सभापति बिनाेद पाण्डेय,समाजसेवी लक्षमण चाैधरी,वडा सदस्य सुधव सहानी,समाजसेवी प्रदिप तिवारी युवा समाजसेवी बालमुकुन्द चाैधरी लगाएतले छठकाे महिमा दिनानुदिन बढ्दै गइरहेकोले गाउँघरमा राैनकता बढ्दै गइरहेको जानकारी गराउदै सरावल गाउँपालिका विभिन्न उदाहरणीय काम सुरुवात गरेको हुनाले जनभावना अनुसार थप काम गर्दै समृद्ध गाउँपालिका बनाउनमा हामी सबै हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै छठकाे शुभकामना ब्यक्त गरेका हुन। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।