रन्जीत शर्मा/ नवलपरासी/ ५ मंसिर पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका फाल्गुन मसान्तसम्म बाल मैत्री स्थानीय शासन घोषण हुने अन्तिम तयारीमा पुगेको छ । रामग्राम नगरपालिकाका प्रमुख तथा बाल मैत्री स्थानीय शासन नगर समितिका प्रमुख नरेन्द्र गुप्ताको अध्यक्षतामा बसेको बैठकमा बालमैत्री स्थानीय शासन सम्बन्धी कामहरु के कसरी अगाडी बढाउने सन्दर्भमा महत्वपूर्ण छलफल गर्दै बाल मैत्री स्थानीय शासन घोषणा गर्न कार्ययोजना तालिका समेत पारित गरियो छ । कार्यक्रममा उप-प्रमुख रम्भा कुन्वर सहित समितिका ११ जना सदस्यको सहभागीता रहेको थियो भने सहजीकरण मैत्री समाज नेपालकि शर्मिला पौडेलले गर्नु भएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।