अन्तरास्ट्रिय बाल दिवसको अवसरमा नवलपरासीमा बलत्कार विरुद्ध सडक प्रदर्शन

उमेश बि.क / नवलपरासी ,५ मंसिर

पश्चिम नवलपरासीमा अन्तरास्ट्रिय बाल दिवसको अवसरमा बलत्कार विरुद्ध सडक प्रदर्शन गरिएको छ।

बिपदमा बाल अधिकारकाे सुनिश्चितता हामी सबैकाे प्रतिबद्धता मुल नाराकाे साथ युवा सचेतना संस्था नवलपरासीकाे अायाेजना तथा भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था ,परिवर्तन समाजिक विकास संस्था,याेगदान राष्ट्रिकाे लागिकाे समन्वयमा सडक प्रदर्शन गरिएको हाे।

संस्था अध्यक्ष ईमामुल अलिकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवालकाे
प्रमुख अातिथ्यतामा बलत्कार विरुद्ध सडक प्रदर्शन कार्यक्रममा रामग्राम नगरपालिका उपमेयर रम्भा कुवर,वडा नम्बर २ का अध्यक्ष चन्द्रिका अग्रहरि ,नगर कार्यपालिका सदस्य सुनिता क्षेष्ठ,भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था अध्यक्ष उमेश बि.क,परिवर्तन समाजिक विकास संस्था अध्यक्ष रन्जित शर्मा लगाएतले बढ्दो महिला हिंसा र बलात्कारको घटनाको न्यूनीकरणका लागि सरकारले कडा भन्दा कडा कदम चाल्नु पर्ने , संविधान संशोधन गरी बलात्कारीलाई आजिवन कारावासको सजाय नेपाल कानुनमा राख्नु पर्ने माग सहित बालअधिकार सुनिश्चत गर्न कूनन बनाएर मात्रै नहुनेमा जोड दिएका थिए । कानूनको पालना र व्यवहारिक कार्यान्वयन आजको आवश्यकता रहेको उनीहरुको भनाइ रहेको थियोे ।व्यवहार र सोचमा परिवर्तन नआएसम्म बालबालिकाको अधिकार सुनिश्चित गर्न कठिन हुने उनीहरुको भनाइ रहेको थियो ।

कार्यक्रममा बलात्कारीलाई हदै सम्मको कारबाहीको माग राख्दै ‘म असुरक्षित, म नारी’, ‘स्टप रेप’, ‘मेरो लूगा छोटो होइन, तिम्रो सोच छोटो’, ‘छोरीको इज्जत माथि खेलवाड नगर’, ‘सरकार बलात्कारीलाई सजाय देउ’, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियाे ।

देशमा दिनप्रति दिन बढ्दै गईरहेका बलात्कारका घटना न्युनिकरण गर्न र पिडकलाई कडा सजायका साथ कार्वाही गर्न सरकार गम्भिर नदेखिएको भन्दै उनिहरुले प्रर्दशन गरेका हुन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot