उमेश बि.क / नवलपरासी ,१८ माघ
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा पर्ने धार्मिक एवं पर्यटकिय स्थल त्रिवेणीधाममा हरेक वर्ष लाग्दै आएको माघे औँसीको मेला यस वर्ष पनि हजारौँ श्रद्धालु भक्तजनहरु घुइँचो लागेको छ।

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को जोखिमलाई मध्येनजर गर्दै मेला स्थगन गरे पनि नेपाल र भारतका हजारौ भक्तजन त्रिवेणीधाममा आइपुगेका छन । माघे औशीको अघिल्लो दिन सोमवारवाटै यहा मेला लागेको छ ।

भारतको बिहार , उत्तरप्रदेश र नेपालका बिभिन्न स्थानवाट भक्तजनहरु यहा स्नान गर्न र पुजापाठ गर्न आएका हुन । कोरोना महामारीको बेवास्तागर्दै भक्तजनहरु त्रिवेणीधाममा दर्जनौ मठमन्दिरमा रातभर भजनकिर्तन गरेर रात कटाएका छन ।
यहाका मठमन्दिरमा मंगलवार बिहानैदेखि पुजापाठ र भजन किर्तन गर्नेको घुइचो लागेको छ । प्रशासनले मेला लाग्न नदिन उर्दी जारी गरेपनि भक्तजनहरु यहा ओइरिएका छन ।
त्रिवेणीधाम स्थित गजेन्द्रमोक्ष दिब्यधाममा स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार आज माघे औशीमा त्रिवेणीधाममा स्नान गर्न देबताहरु समेत आउने जन बिश्वास रहेकाले यो औशीमा यहा स्नान गर्नाले पुन्यमिल्ने परापुर्वकालदेखिको बिश्वास रहेको छ । 
त्रिवेणीधाम बजारवाट २ किलोमिटर उत्तरमा रहेको गजेन्द्र मोक्षदिब्यधाममा दर्शनार्थीको घुइचो लागेको छ । यो यहाको सबै भन्दा ठुलो र भब्य मन्दिर हो ।
स्वर्णभद्रा, पुर्णभद्रा र नारायणीनदीको संगमस्थल त्रिवेणीधाम भएकाले र महिनाहरुमा माघ श्रेष्ठ महिनाभएका कारण औशीका अबसरमा बाबुआमा नहुनेले यहा श्राद्ध गर्ने र दान दिने चलन रहेको छ ।
गजेन्द्रमोक्षधामका स्वामी कृष्णप्रपन्नाचार्यका अनुसार त्रिवेणीधाम बाल्मीकी ऋषिको तपोभूमी, लबकूशको जन्मस्थल, सितामाता धर्तीमा पाताल प्रबेश गरेको स्थल भएकाले यो स्थान प्राग ऐतिहासिक स्थल हो । रामायणको रचना गरेको स्थल पनि त्रिवेणीधाम हो । यसैले त्रिवेणीधामको ठुलो महत्व छ ।

भगवान मुक्तीनाथको चरणपादुका स्थल पनि भएकाले यस्को ठुलो धार्मीक महत्व रहेको छ । हात्ति र गोहिको लडाइमा भगवान नारायणले अबतार लिएको स्थान गजेन्द्रमोक्ष धाम हो । नारायणी नदिमा बिहानैदेखि यहा भक्तजनहरुको घुइचो लागको छ । त्रिवेणीका भित्रि सडकहरुमा मेला लागेको छ ।
औशीमा नारायणी नदिमा स्नान गरेर गौदान, तिलदान ,गुणदान गर्नाले पुन्य मिल्ने बिश्वासमा यहा भक्तजनहरु आउने गर्छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

