बिनोद निगम / नवलपरासी ,१८ माघ
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १४ मा सञ्चालित किशोरीहरुका लागि दुई दिने आत्मरक्षा तालिमको सम्पन्न भएको छ ।
रामग्राम नगरपालिकाको आयोजना तथा उपकार समाज संस्था नवलपरासीको सहजीकरणमा रामग्राम १४ डैनहवामा तालिम सञ्चालन गरीएको थियो ।

वडा सदस्य सुदामा कामीको अध्यक्षता तथा नगरप्रमुख नरेन्द्र कुमार गुप्ताकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा बाेल्दै गुप्ताले किशोरी मैत्री वातावरण निर्माणका लागि शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आवश्यक्ता जस्तै आत्मरक्षा तालिम पनि आवश्यक रहेकोमा जोड दिनुभएको थियो । किशोरी, बालिकामाथि हुने हिंसा न्युनिकरणका लागि नगरपालिकाले आगामी दिनमा बृहत रुपमा नै आत्मरक्षाको तालिम गराईने नगरप्रमुख गुप्ताले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जनता माध्यमिक विद्यालय डैनहवका प्रध्यानाध्यापक दिपक भट्टराई, उपकार समाज संस्थाका संयोजक रञ्जित शर्माले लगातयले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

५० जना किशोरीहरुको सहभागिता रहेको तालिमको सहजिकरण ममता जयप्रकाश सिंह र रेनुका चौधरीले गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

