Rashtriya Dainik

मनाेमानी कर्मचारी राखेको भन्दै वित्थडचिरमा तालाबन्दी

केश बिष्ट बित्थड
मनाेमानी कर्मचारी राखेको भन्दै बित्थडचिर गाउँपालीकाकाे एक आधारभुत स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ ।
आज बझाङ जिल्लाकाे वित्थड चिर गाउँपालीका वडा नम्बर ९ धारीमा रहेकाे धारी आधारभूत स्वास्थ्य केन्द्रमा मनाेमानी कर्मचारी राखिएको भन्दै स्थानीय आक्राेसित भएका हुन ।

वडा नम्बर ९ ले गाेप्य सुचना गाउँपालीकामा टास गरेर आफ्नाे मान्छे र कसैलाई जानकारी नगराएकाे भन्दै धारीका स्थानीयहरुले आप्पति जनाउदै आज स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेकाे हाे । स्थानीयलाई जानकारी नगराएकाे भन्दै अहिले तालाबन्दी गरिएको छ ,, स्थानीयले भने यदि मनाेमानि गरिने हाे भने आगामी दिनमा ससक्त आन्दोलन गरिने स्राेतकाे भनाइ छ ।डाेवा सराेकार समुहले ताला लगाएकाे हाे । यता वडा अध्यक्ष कलक बहादुर बिष्टलाई साेध्दा प्रक्रिया मिलाएर कर्मचारी नियुक्ति गरेकाे उहाँको भनाइ छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित