काठमाडौं : कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रक्रिया शुरु गरेको छ ।
मन्त्रालयका अनुसार सरकारले अघिल्लो आर्थिक वर्षमै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रिया अगाडि बढाउने घोषणा गरेको थियो । सोही घोषणाा अनुसार प्रक्रिया थालिएको मन्त्रालयले जनाएको छ । सो क्रममा चार किल्ला तोकेर नक्सार तयार पारिएको छ । यस क्षेत्रलाई सरकारले ‘संरक्षित स्मारक क्षेत्र’ घोषणा गर्नेछ । सो क्षेत्रको सिमांकन समेत सम्पन्न भई स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाउने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले अघिल्लो आवमै कपिलवस्तुको तिलौराकोटसहित धनुषाको रामजानकी मन्दिर र नवलपरासीको रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउने घोषणा गरेको थियो ।
विश्व सम्पदा सूचीमा राख्ने निकाय भने संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९यूनेस्को० हो । युनेस्को अन्तर्गत रहने हेरिटेज कमिटीले सम्पदाबारे हरेक वर्ष नयाँ थप गर्ने, खतराको सूचीमा राख्ने र खतराको सूचीबाट हटाउने निर्णय गर्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

