Rashtriya Dainik

भारतीय नम्बरको सवारी साधनहरवाट अवैध रुपमा रकम असुली

कृष्ण यादव / विरगंज, १७ माघ
ट्राफिक प्रहरी स्थाई परवानीपुरले अवैध रुपले सवारीसाधनहरु संग रकम असुल्दै गरेको समाचार प्राप्त भएको छ।

ट्राफिक प्रहरी स्थाई कार्यालय परवानीपुरले विभिन्न चेकचाँजको बहानामा भारतीय नम्बरको सवारीसाधनहरु शीत रकम उठाउदै अाएको नाम नछाप्रने सर्तमा एक सवारी चालकले बताएका छन्।

ट्राफिक प्रहरी स्थाई कार्यालय परावनीपुरका प्रहरी सहायक निरीक्षक सुबोध साहले भारतीय सवारीसाधनहरुको चालकहरु सित ट्राफिक कार्यालय २ नम्बर प्रदेश प्रमुख र ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्कीको नाऊमा विभिन्न किसीमको जरिवानाको बहाना देखाई प्रति गाडी शीत १००० देखि २५०० सय रुपैया सम्म असुल्ने गरेको छ।
ट्राफिक प्रहरी सहायक निरिक्षक साहले भारतीय सवारीसाधनहरुले मालबाहक गाडीहरुलाई रुकी विभिन्न चेकजँाचको गर्ने बहानामा डर त्रास देखाई दादागिरी पराले रकम उठाउने गरेको नाम नछाप्ने सर्तमा एकजना सवारी चालकले बताएका छन्।

यस्तो गतिविधि तर्फ समयमै सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित