Rashtriya Dainik

जनता अधारभुत विद्यालय धनगडवाकाे १३ अाैँ बार्षिक उत्सवकाे अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम

उमेश बि.क / नवलपरासी ,१७ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ धनगडवामा अवस्थित जनता अधारभुत विद्यालयकाे १३ अाैँ बार्षिक उत्सवकाे अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गाेपिचन्द हरिजनकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यता एवं पालिका उपाध्यक्ष उत्तमा रायकाे विशिष्ट अातिथ्यतामा अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरिएको हाे।

कार्यक्रममा पालिका अध्यक्ष चाैधरीले आफुले सक्ने सहयोग विद्यालयलाई निरन्तर गर्दै जाने बताउनु भयो ।विद्यालयको भौतिक लगायत सबै क्षेत्रमा ध्यान दिने समेत उल्लेख गर्नु भयो ।

त्यस्तै पालिका उपाध्यक्ष रायले यस क्षेत्रको शैक्षिक विकासमा यो विद्यालयले खेलेको भूमिका बारेमा महत्वपुर्ण रहेको बताउनु भयो ।

अन्तरक्रिया तथा सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल ,वडा नम्बर ५ वडा अध्यक्ष दिनेश सहानी,पुर्व शिक्षक बालमुकुन्द चाैधरी ,सिद्धार्थ बुक स्टेसनरी सन्चालक रामलखन हरिजन ,एबिसि नेपालकाे कृति थापा ,चिसापानी सामुदायिक बनका अध्यक्ष हाेम बहादुर गुरुङ ,नेकपा सरावल अध्यक्ष सुरेश यादव ,समाजसेवी लक्षमण चाैधरी ,पत्रकार बेचु गाैड लगाएतले हरेक क्षेत्रको विकासको लागि शैक्षिक क्षेत्र महत्वपुर्ण पाठ भएको बताउदै याे विद्यालय यश क्षेत्रकै उत्कृष्ट विद्यालय रहेको भन्दै प्रशंसा ब्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रबिन्द्र कुमार कहारले विद्यालयको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सार्वजनिक गर्नु भएको थियोे ।

२०६५ सालमा स्थापना भएको विद्यालयमा हाल ४८७ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन ।

कार्यक्रममा अति बिपन्न विद्यार्थीहरुलाई पाेशाक वितरण तथा विद्यालयलाई महत्वपूर्ण योगदान पु–याउने हुने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित