मंसिर ४ । पश्चिम नवलपरासीमा बिहिबार ५ महिला र ३ पुरुष गरी थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको रामग्रम नगरपालिकामा ५ जना, बर्दघाट नगरपालिका, पाल्हिनन्दन र प्रतापपुर गाउँपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको ल्यावमा गरिएको पिसिआर परिक्षणका क्रममा रामग्राम नगरपालिका वडा नम्बर ३ की ३६ वर्षीय महिला, वडा नम्बर ५ का ३५ वर्षीय पुरुष, वडा नम्बर ८ का ५१ वर्षीय पुरुष, २० र ५१ वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै बर्दघाट नगरपालिका वडा नम्बर २ का ४२ वर्षीय पुरुष, पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ का ४३ वर्षीय महिला र प्रतापपुर गाउँपालिका वडा नम्बर १ की ३९ वर्षकी महिलामा पनि संक्रमण भएको छ । बिहिबार थपिएकासँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्या एक हजार एक सय ८७ पुगेको छ । अब जिल्लामा १ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै जिल्लाबाट स्वाब परिक्षणका लागि पठाईएका मध्ये अझै २४ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका देवीलाल पौडेलले जानकारी दिनुभयो । अहिलेसम्म जिल्लामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।