बुटवल : कृषि विज्ञ र प्रदेश सरकारसँग किसानको पहुँच बढाउन भन्दै रुपन्देहीमा आइतबार अर्को सरकारी कार्यालय ’कृषि ज्ञान केन्द्र’को स्थापना भएको छ । यसअघि नवलपरासी र रुपन्देही जिल्ला हेर्नेगरी नवलपरासी पश्चिममा कार्यालय राखिएको थियो । सेवा प्रवाहमा कठिनाई भएको भन्दै प्रदेशको कृषि मन्त्रालयअन्तर्गत रहनेगरी रुपन्देहीमा सो कार्यालय सञ्चालनमा ल्याइएको हो । १३ करोड ७१ लाख २३ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम यही कार्यालयबाट कार्यान्वयन हुने बताइएको छ ।
त्यसका लागि ज्ञान केन्द्र रणनीतिक योजना बनाइएको कार्यालय प्रमुख सन्देश धितालले बताए । यस्तै प्रदेश सरकार अन्तर्गत अर्घाखाँची, नवलपरासी पश्चिम र गुल्मीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गरी संचालन गरिएको छ । यसअघि यी जिल्लामा प्रदेश सरकार अन्तर्गतका पशु कार्यालय थिएनन् । स्थानीय तहमा रहेका पशु शाखा ’कामचलाउ’ थिए ।
संघीयताअघि लुम्बिनीका हरेक जिल्लामा एक–एक पशु कार्यालय र कृषि कार्यालय थिए । प्रदेश सरकार संचालनमा आएपछि दुई जिल्ला हेर्नेगरी पशु र कृषि कार्यालय खोलिएको थियो । पशु र कृषिमा किसानको पहुँच नपुगेको गुनासो बढेपछि प्रदेशको मन्त्रिपरिषद्ले थप चारवटा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । त्यसअनुसार चारवटा कृषि र पशु सम्वद्ध कार्यालय स्थापना भएको मन्त्रालय सचिव शान्ता कार्कीले बताइन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

