Rashtriya Dainik

प्रहरीद्वारा १३ लाख बढीको अवैध समान राजस्व दाखिला

देशबन्धु यादव /नवलपरासी १६ माघ

पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालय मातहत १५ दिनको अवधीमा १३ लाख ८३ हजार ६ सय ३० मुल्य बराबरको राजश्व दाखिला गरिएको छ ।

यस अवधीमा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको २ लाख ५८ हजार १ सय ३० मुल्य बराबर साडी, सुट लगायतका बिभिन्न कपडा, १५ सय किलो चिनी, २० क्यारेट सेतो अण्डा, २४ प्याकेट घाँसको बिउ, ४ सय थान मोबाईल कभर लगायत बिभिन्न मालसामान बरामद गरी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।
यसैगरी सामुदायिक वनबाट अवैध रुपमा ल्याउदै गरेको ४ लाख ५० हजार मुल्य बराबरको दाउरा सहित ६ वटा ट्याक्टर र ३ वटा बोलेरो पिकअप गाडी बर्दघाट नगरपालिका वडा नं. ४ टि.सि.एन. चोकबाट पक्राउ गरी कारबाहीको लागि सयपत्री सामुदायिक वन कार्यालय बर्दघाटमा बुझाईएको छ ।

त्यसैगरी सरावल गाउँपालिका वडा न. ७ भुजहवा स्थित शाही ट्रेडर्स कवाड संकलन स्टलबाट ६ लाख ७५ हजार ५ सय मुल्य बराबरको ९५८० किलोग्राम झ्याउ र २१८० किलोग्राम सुनाखरी नामक जडिबुटी बरामद गरीएको छ । बरामद जडिबुटी जिल्ला वन डिभिजन कार्यालय नवलपरासी बुझाईएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित