Rashtriya Dainik

वडाध्यक्ष जगदीश तिवारीले गरे जेष्ठ नागरिकलाई सम्मान

अजय मिश्र, कपिलवस्तु माघ १६

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ११ का ३५० जना जेष्ठ नागरिक लाई कार्यक्रमका बिच सम्मान गरिएको छ l
महाराजगंज नगरपालिका वडा नं ११ का वडाध्यक्ष जगदीश तिवारीको अध्यक्षता, प्रमुख अतिथिमा महाराजगंज नगरपालिका नगर प्रमुख तथा नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलाम, विशिष्ट अतिथिमा महाराजगंज नगरपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत रेश्मी राज अर्याल, अतिथिमा महाराजगंज नगरपालिका शिक्षा शाखा अधिकृत रोशन घिमिरे, महाराजगंज नगरपालिका वडा नं एक देखि दश वडाका वडाध्यक्ष, ई प्र का महाराजगंज प्रमुख, विओपी महाराजगंज प्रमुख लगायत रहनुभयोl कार्यक्रममा शुभकामना मन्तव्य गंगेश तिवारीले राखनुभयो l

कार्यक्रममा प्रमुख अतिथि अब्दुल कलामले आज सहिद दिवस रहेको बताउदै जेष्ठ नागरिक लाई सम्मान गर्नु आफैमा सराहनीय कार्य रहेको, जेष्ठ नागरिक प्रति सबैले सम्मान गर्नुपर्ने कुरामा जोड दिएका थिए l

कार्यक्रममा वडा नं ११ बलरमवापुर र बडेगाउका विधवा महिला, एक्ल महिला, दलित महिला लगायत ३५० जना जेष्ठ नागरिक हरूलाई सम्मान स्वरूप कम्बल वितरण गरिएको छ l

कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, सुरक्षाकर्मी, लगायत अन्यको उपस्थित रहेको थियो l कार्यक्रम संचालन प्रदिप कश्यपले गर्नुभयोl

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित