Rashtriya Dainik

यातायात कार्यालय बिचौलियाको अखडा बन्दै, सम्बन्धित निकाय मुखदर्शक

उमेश दुबे
पर्सा, १६ माघ / नारायणी यातायात कार्यालय बिचौलियाहरूको अखडामा परिणत हुँदै गएको छ । सवारी नवीकरण शाखामा बिचौलियाहरू हाबी हुँदै गएपनी सम्बन्धित निकाय मात्र आर्थिक चलखेलमा मस्त हुने गरेको एक घटनाले प्रमानित गरेको हो ।

नारायणी यातायात कार्यालय नवीकरण शाखामा बिचौलियाकै माध्यमले नवीकरण हुने गरेको कारण सेवाग्राही मारमा पर्दै आएको सेवाग्राही बताउछन । एक जना सेवाग्राहीका अनुसार आफ्नो सवारी नवीकरण गराउन आउदा बिगत ३ दिनदेखी कार्यालय धाइरहेपनि नवीकरण हुन नसकेपछी बाध्य भइ बिचौलियाको माध्यमले एक दिन भित्रै नवीकरण गराउन सफल भएको उनले बताए ।

उनका अनुसार आफैले नवीकरण गराउन खोज्दा नवीकरण शाखाका प्रमुख समेत केही सुनवाइ नै नगरेको दुखेसो पोखे । उहाले नवीकरण शाखाका प्रमुख कुशेश्वर साह सङ्ग पटक पटक आफ्नो दुखेसो सुनाउदा पनि केही सुनवाइ नै नगरी बाहिर निकालेको उनले दुखेसो पोखे ।

सवारी चेकजाचका कारण ट्राफिक प्रहरी समस्या भएपछी बाध्य भइ नवीकरण गराउन जादा बिचौलियाको चपेटामा पर्ने गरेको, उनले बताए । आफ्नो सेवाग्राहीलाई सक्दो सहुलियत दिनुको साटो प्रमुखकै इशारामा बिचौलियासम्म पुग्नुले करोडौ रूपैयाको चलखेल हुने गरेको बारे प्रष्ट हुन्छ । नवीकरण शाखा प्रमुख कुशेश्वर साह आफ्नो पदको दुरुपयोग गर्दै बिचौलियाकै माध्यमले दैनिक लाखौ आर्जन गर्न सफल भएको यस घटनाले प्रष्ट पारेको छ ।

यता यस बिषयमा नारायणी यातायात कार्यालय नवीकरण शाखाका प्रमुख कुशेश्वर साह सङ्ग प्रतिक्रिया लिन कार्यालय पुग्दा केही बोल्न चाहेन्न । आफ्नो पदको दुरूपयोग गर्दै काम कारवाही गरिरहेका साह माथी मन्त्रालयकै छत्रछाया हुने गरेको कारण यस्तो क्रियाकलाप बढेको बारे दुइमत छैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित