Rashtriya Dainik

पश्चिम नवलपरासीको दाउन्ने देवी सामुदायिक वन क्षेत्रमा गोली लागेको अवस्थामा पाटे बाघ मृत फेला,,।

रामु भुसाल,
पश्चिम नवलपरासीको बर्दघाट १६ अवस्थित दाउन्ने देवी सामुदायिक वन क्षेत्रको भालु खोलामा शनिबार एक मृत पाटे बाघ फेला परेको छ । विहानको समयमा गाउलेहरु जंगल गएका बेला गोली लागेको मृत अवस्थामा पोथि बाघ देखेपछी प्रहरी र बन कार्यलय लाइ खबर गरेका थिए । साढे ७ फिट लम्बाई र ३ फिट उचाई रहेको करिब १ सय ५० किलोको ब्यस्क पोथि पाटेबाघ मृत अवस्थामा फेला परेको बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाटले जनाएको छ । सो बाघलाई सुरक्षाकर्मी र वन कार्यालयका कर्मचारीहरुले बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाटमा ल्याएका छन । सो मृत बाघको प्रकृती हेर्दा बन्यजन्तु चोरी पैठारी गर्ने तस्करहरुले पासोमा पारि गोली हानी हत्या गरेको हुन सक्ने बताउदै वन कार्यालय बर्दघाटका प्रमुख गिरिाज पन्तले यस घटानको विषयमा थप अनुसन्धान भइरहेको समेत जानकारी दिनुभएको छ । मृत बाघलाई आवश्यक वन कानुनी प्रकृया पुरा गरि सुरक्षाकर्मी,जनप्रतिनिधि ,पत्रकार को रोहबरमा ईलाका वन कार्यालयकै परिसरमा गाडिने प्रमुख पन्तले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित