Rashtriya Dainik

एसपी अधिकारीलाई नवलपरासीबाट सम्मान सहित बिदाई

राष्ट्रिय दैनिक / नवलपरासी ,१५ माघ

सशस्त्र प्रहरी बल २६ नम्बर गणका एसपी महेश अधिकारीको बिदाइ गरिएको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयले अधिकारीलाई सरुवा गरेपछि पश्चिम् नवलपरासी स्थित २६ नम्बर गणका एसपी अधिकारीको भव्य बिदाइ गरिएको हो।

नवलपरासिमा १७ महिना बसेका अधिकारी सशस्त्र प्रहरी बलको १६ नम्बर गण सिन्धुपाल्चोकमा सरुवा भएका छन्।

पश्चिम् नवलपरासी बसाईका क्रममा जनताको मन जित्न सफल एसपी अधिकारीको बिदाइमा सर्वसाधारणको उपस्थिति रह्यो। प्रहरी र जनताको सम्बन्ध सुमधुर हुन नसकिरहेका बेला अधिकारीले भने त्यो भ्रमलाई चिरेर स्थानीयको मन जिते। र प्रहरीको गिर्दो शाखलाई जोगाए। फलस्वरुप उनले गरेको योगदानको जिल्लाबासीले मुक्त कण्ठले प्रशंशा गरे।

एसपी अधिकारी १७ महिनाको बसाई सफल र सुखद भएको उनले धारणा राखेदै जिल्लाको खुला सीमानाकाको चुनौति थियो ’ उनले भने राजश्व चुहावटदेखि अन्य अपराधिक घटना चुनौतीलाई नै मैले अवसर ठानेर काम गरे। रणनितिक योजनामा खटिएको सशस्त्र प्रहरी ३ करोड ७७ लाख ९७ हजार ३ सय १ रुपैया बराबरका राजश्व संकलन गरेको उनले जानकारी दिए।

जिल्लाबासीले गरेको सहयोगको उनले चर्चा गरे। फिल्डमा खटिएको प्रहरीले बरामद गरेका सामान भन्सार बुझाउँन कतैबाट अबरोध नभएको उनले बताए । यस अघिका जिल्लामा बस्दाको अनुभव सेयर गर्दे उनले भने यस जिल्लामा बस्दा कुनै किसिमको दबाबको सामना गर्न नपरेको उनले खुलाए।

सशस्त्र प्रहरीले जनमैत्री काम गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए। नेपाल र भारतको सीमा क्षेत्रमा नाता सम्बन्ध छ’ उनले भने प्रहरी सुरक्षाको कारण कुनै अप्रिया घटना भएन,कसैल दुःख झेल्नु परेन। र covid-19विरुद्ध पनि उल्लेखनीय भुमिका खेलेकोले साच्चिकै सशस्त्र प्रहरी बलको सक्रियता प्रशंसा गर्न लायक भएको बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित