सर्लाही १३ माघ । मधेस प्रदेश राजधानीको महत्वपूर्ण जिल्लाको रूपमा मानिने सर्लाही जिल्लामा सशस्त्र प्रहरी घुमुवा आतन्क बढेको पाइन्छ । सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरीले घुमुवा परिचालन गर्नसाथ घुमुवा आतंक बढेको बारे प्रष्ट भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाको आग्मनसाथ घुमुवा परिचालन गर्नुले चर्चाको बिषय बनेको छ । सर्लाहीको विभिन्न सीमा नाकाहरूबाट बन्द भएको तस्करीको लाइन पुन: सुचारू भएको छ । सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खनियाले सादा पोशाकमा दुई जना प्रहरीलाई परिचालन गरेको पाइन्छ । सशस्त्र प्रहरी सहायक निरीक्षक रामकेवल यादव र सशस्त्र प्रहरी जवान रोशन मिश्रलाइ सादा पोशाकमा घुमुवा परिचालन गरिएको हो । उनिहरूको कार्य मात्र आर्थिक कलेक्सन रहेको बारे स्थानीयले गुनासो गर्न थालेका छन ।
सशस्त्र प्रहरी बल नेपाल संगठन एउटा अब्बल संगठनको रूपमा मानिएपनी घुमुवा चन्दा आतन्कले संगठन प्रतिको बिश्वास र लोकप्रियता गुम्दै गएको स्थानीयले आरोप लगाउन थालेका छन । सीमा नाका हुँदै आवत जावत गर्ने सर्वसाधारण समेत घुमुवा चान्दा आतन्कले आजित भएको बताएका छन । ठुला वडा तस्कर समुहलाइ तस्करीको लाइन दिने गरेपनि सर्वसाधारणलाई बिना कामको दुख दिदै १ देखि २ हजारसम्म रकम उठाउने गरेको स्थानीयले गुनासो पोखे ।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामकेवल यादव र सशस्त्र प्रहरी जवान रोशन मिश्र बदनाम घुमुवाको रूपमा चिनिएपनी सशस्त्र प्रहरी उपरीक्षक खनिया खटाउनुले उनको इमान्दारिता प्रती नै प्रश्ण चिन्ह खडा भएको छ । एक जना मलङ्गवा निवासीका अनुसार सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरू सीमा सुरक्षाको निम्ति खटिएपनी आर्थिक प्रलोभनमा परि ठुला बडा तस्कर समुहलाइ लाइन दिएको बताए । उनका अनुसार सीमा हुँदै सुर्ती, कपडा, हार्डवेयरको साथ साथै सुपारीको समेत लाइन दिइएको छ, तस्करी गरि आयात भएको समान हरिवन लगायत नेपालको विभिन्न ठाउहरूमा पुग्ने गर्दछ भने निर्यात भएको सुपारी भारतको विभिन्न ठाउहरूमा पुग्ने गरेको उनले बताए ।
यता यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गणका प्रमुख भरत खनियाले सशस्त्र प्रहरी सहायक निरीक्षक रामकेवल यादव र सशस्त्र प्रहरी जवान रोशन मिश्र आफ्नो कर्मचारी रहेतापनी घुमुवा परिचालन नगरिएको बताउदै पन्छिन खोजे । उहाले द्वय प्रहरी सर्लाहीमा रहेको तर आफुले परिचालन नगरेको बताएका छन । ✍️ रंजित चौरसीया
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

