रामजी प्रजापती १३ माघ । सिरहाको नेकपा एमाले निकट भातृ संगठन युवा संघको जिल्ला नेतृत्वमा जय प्रकाश शर्मालाई सर्व सहमत चयन गरिएको छ ।
सिरहामा आयोजित युवाहरुको एक भेलाले शर्मालाई प्रमुख जिम्मेवारी दिएको नेता रामकुमार शाहले बताउनु भएको छ ।
धनगढीमाई १२ सिमलटोकी घर भएका युवा शर्मा विगत लामो समयदेखि नेकपा एमालेको संगठनमा आबद्ध भएर काम गर्दै आएका छन् ।
पार्टीमा अशल नेतृत्व क्षमता भएका दूरदर्शी सहनशील नेताको रूपमा परिचित शर्माले समाजमा आएका कठिनाई र आपत विपतमा परेका गरीब ,विपन्नलाई सहयोग गर्दै आएका छन् भने उनले स्थानिय स्तरमा दलितको लागि शौचालय निर्माण गरिदिएर चौतर्फी नाम कमाएका छन् ।
खासगरी उनको नेतृत्व क्षमताको मूल्यांकन गर्दै युवाको गरिमामय पदको जिम्मेवारी दिएको प्रभावशाली नेता शिवशंकर महतोले बताए ।
उनको नेतृत्वबाट जिल्लामा नेकपा एमालेको राम्रो जनलहर आउनेमा जिल्ला बासी विश्वस्त बनेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

