Rashtriya Dainik

वडा सदस्यमा युवानेता निर्भय सिंहले उमेदवारी दिने

कपिलवस्तु , १३ माघ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंज बस्ने युवा समाजसेवी , कर्मठ , इमानदार , संघर्षशील व्यक्तित्व भएका निर्भय सिंहले आउने स्थानीय चुनावमा वडा नं ९ बाट वडा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् । सिंह लामो समय देखि वडाको जनताको बिचमा रहि जनताको सुख दुखमा सहभागी हुदै आएका छन्।
सिंहले आउने चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकास का साथै दलित, अल्पसंख्यक, पिछडावर्ग लगायत अन्यको हकहितमा काम गरि वडा वसी को मन जित्ने बताउनुभयो । सिंहले कोरोना कालमा बिरामीहरु को बीचमा रहि ऑक्सीजन सीयलेंडरको व्यवस्था लगायत कृष्णनगरमा फैलिएको झाड़ा पखाला को बिरामीहरु संग पनि सुख दुखको साथी समेत बनेका थिए ।
आफूलाई वडाका जनता बाट पटक पटक दबाव आइरहेको ले जनताको इच्छा अनुसार नै आउने स्थानीय तहको चुनावमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित