राष्ट्रिय दैनिक / नवलपरासी , १२ माघ
पश्चिम नवलपरासीमा दिनानुदिन कोरोना फैलिएपछि नेपाल प्रहरीले परासी बजार बन्द गराइरहेको छ।

सदरमुकाम परासीमा लाग्ने बुधबारीय हाटबजारमा मानिसको चलहपहल धेरै भएको भन्दै नेपाल प्रहरीले बजार बन्द गराएको छ।

प्रहरीले बजार बन्द गर्न लगाएपनि ब्यापारीहरु यातायात र विभिन्न कार्यालय सन्चालन हुदा काेराेना नसर्ने र बजार लगाउदा काेराेनाे सर्ने..? भन्दै बजार बन्द गर्न अटेर गरिरहेका छन ।

प्रहरीले बजार बन्द गराउन लगाएपनि ब्यापारीहरु नाराबाजी गरि बाटोमा बजार लगाई अाअाफ्ना समानहरु बिक्रीवितरण गरिरहेका छन।

हाट बजारमा नत कसैले मास्क लगाछ नत सामाजिक दुरी कायम छ नत स्वास्थ्य सुरक्षाको मापदण्ड।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले निकालेको सूचना प्रभावकारी रुपमा कार्यान्व्यन हुन नसकेको कारण दिनानुदिन जिल्लामा काेराेना संक्रमित बढ्दै गइरहेका छन ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले हाटबजार सहित भिडभाड हुने सबै क्रियाकलाप बन्द गर्न आदेश जारी गरेको भन्दै कार्यान्वय गर्न सबैलाई अनुरोध समेत गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

