Rashtriya Dainik

भारतले आज ७३ औँ गणतन्त्र दिवस मनाउँदै

काठमाण्डाै – भारतले आज ७३ औँ गणतन्त्र दिवस मनाउँदैछ । केन्द्रीय राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सन् १९४७ जनवरी २६ तारिखमा बेलायती उपनिवेशट स्वतन्त्र भएपछि भारतले हरेक वर्ष याे दिनमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । गणतन्त्र दिवसको अवसरमा केन्द्रीय गृह मन्त्रालयले पद्म विभूषण, पद्म भूषण र पद्म श्री सम्मान पाउनेहरुको सूची सार्वजनिक गरेको छ । यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र एक सय ७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरिनेछ ।

पद्म विभूषण भारतको सर्वोच्च सम्मान भारत रत्न पछिको दोस्रो ठूलो सम्मान मानिन्छ । यसपटक पद्म विभूषण पाउनेमा गएको डिसेम्बरमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सैनिक जनरल विपिन रावतसहित उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंह, गोरखपुरको गीता प्रेसका पूर्वअध्यक्ष राधेश्याम खेमका र शास्त्रीय गायिक प्रभा यात्रे छन् । रावत, सिंह र खेमकालाई यो सम्मान परणोपरान्त प्रदान गर्न लागिएको हो ।

भारत बेलायतबाट स्वतन्त्र भएलगत्तै पाकिस्तान पनि १९४७ कै अगस्ट १४ मा भारतबाट अलग्गीएको थियो । त्यतिबेला बंगलादेश र पाकिस्तान एउटै देश थिए । पछि फेरि सन् १९७१ मार्च २६ मा बंगलादेश पनि पाकिस्तानबाट अलग्गिएर छुट्टै स्वतन्त्र राष्ट्र बन्याे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित