Rashtriya Dainik

राष्ट्रिय युवा संघको सिरहा संयोजकमा शर्मा चयन

महेश सिंह /सिरहा लहान १२ माघ- राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको बैठकबाट सिरहा संयोजकमा जयप्रकाश शर्मा लाई चयन गरेको छ।सिरहाको धनगढीमाई नगरपालिका वाडा नम्बर १२ सिमलटोकीमा जन्मिनु भएका युवा शर्माले सिरहा संयोजकको जिम्मेवारी पाएका छन्।

बुबा रामप्रबोध ठाकुर र आमा बुधनी देबी ठाकुरको करीब ३२ वर्षिय छोरा जयप्रकाश शर्मा ठाकुरले केहि हप्ता अगाडि पोखरामा बसेको बैठकबाट समाजसेवी थाहा राजनीति बुझेका युवा नेता शर्मालाई चयन गरेका पार्टीले चयन गरेका छन्।

शर्मा सिरहाको धनगढीमाई नगरपालिका १२ सिमलटोकी गाउँमा २०४१ मंसिर ११ गते जन्मेका हुन्। उनले सानै उमेर देखि राजनितीमा लगेका हुन्। उनलाई बालियकाल देखि राजनिती प्रति निकै लगाव देखिएको थियो।शर्मा नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टीको भातृ संगठन तहकानिन युवा संघबाट राजनिती यात्रा सुरु गरेका थिए। उनले २०६७ साल देखि युवा संघको गाउँ कमिटी अध्यक्षको ३ बर्ष कार्यकाल चलाएका थिए।

सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय उपाध्यक्षको समेत जिम्मेवारी चलाएका थिए।२०७८-५-३१ गते राष्ट्रिय युवा संघ नेपालको उपाध्यक्ष,रहदै २०७८- ५-३ गते धनगढीमाई नगरपालिका वाडा नम्बर १२ को पार्टी वाडा कमिटी अध्यक्षको जिम्मेवारी सम्हालदै आएका थिए। उनले गाउँका एउटा असल युवा तथा होनिहार युवाको रुपमा प्रचलित रहेका छन।

पोखरामा बसेको राष्ट्रिय युवा संघको केन्द्रिय कमिटीको बैठकबाट जय प्रकाश शर्मा ठाकुर २०७८-१०-८ गते राष्ट्रिय युवा संघ नेपालको सिरहा जिल्ला संयोजकको रूपमा जिम्मेवारी दिएका छन्। शर्मा राजनीतिको प्रखर ब्यक्तीको रूपमा चिनिएका हुन्। उनको समाज परिवर्तन गर्न विशेष रुचि रहेको स्थानीय तथा राष्ट्रिय युवा संघ नेपालका जिल्ला कमिटी सदस्य बिरेन्द्र कुमार महतोले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित