कृष्ण यादव / बिरगंज ८ माघ
प्रसौनी नाकावाट भैसी ,रङ्गा , हाडयेवर , लत्ताकपडा लगाएतको सामानहरुको व्यापक रुपमा तस्करी भईरहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल १३ नम्बर गणले तस्करीमा कडाई गर्ने निर्देशन दिएको भएपनि ईलाका प्रहरी कार्यालय प्रसौनी र सशस्त्र प्रहरी बल बिअोपी प्रसौनीले निर्देशनको धज्जिया उडाई नजराना बुझि दैनिक ५० लाख रुपैया भन्दा बढीको भन्सार छलेर अबैध रुपमा भैसी, रांगा, लत्ता कपडा भित्रयाउने गरेकाछन।
प्राप्त समाचार अनुसार राती भैसी तस्करहरुले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलेर भित्रयाउदै सो नाकामा रहेको सशस्त्र प्रहरीको बिओपीलाई प्रती भैसी ४ सय रुपैयाको दरले भन्ने प्रसौनी चौकलाई ३०० रुपैयाको दरले दिएको प्रसौनी निवासी एक स्थानियले नाम नछाप्ने शर्तमा बताएकाछन ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक रमेश बस्नेतले तस्करीमा कडाई गर्ने ईन्चार्जाहरुलाई निर्देशन दिएदै अाएपनि प्रहरी चौकी प्रसौनीले निर्देशन विपरित सो नाकाबाट दैनिक रातीको समयमा भारतबाट भैंसी, रांगा, लत्ता कपडा लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा त्रियाउने गरेपनी सो नाकाहरुमा बसेका सशस्त्र प्रहरी र नेपाल प्रहरी रकम बुझेर आखामा पटटी बाधेर चुप लागेर बस्ने गरेकाछन ।
प्रसौनी नाका भई भित्राएका भैसी , रङ्गाहरु नहरको बाटो हुँदै सशस्त्र प्रहरी वेश क्यामप बहुअार्वा भाठ्ठाको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुर सम्म दैनिक ५० देखी १ सय सम्म भैंसी रातीको १२ बजे देखि ४ बजे भैसी तस्करहरुले पुरयाउने गरेको स्थानियहरुले बताउछन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

